जिउँदो मान्छेलाई इट्टाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका अफताव आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश खुसिराम थारुलाई नेकपा (बहुमत)ले आज जनकारबाही स्वरूप कालोमोसो लगाएको छ ।
थारुसहितको इजलासले केहि दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पुर्व सांसद अफताव आलमलाई सफाई दिएको थियो ।
नेकपा बहुमतका कार्यकर्ताहरु इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





