शनिबार, जेष्ठ १६, २०८३

तिमी बलत्कारीलाई फाँसीको सजाएको माग गरी, किन ताक्छौ आफ्नै चेलीबेटी माथि ….

अन्यायको चक्र

भत्किएको सर्वोच्च बिलाएको न्याय
पढाइएको न्याय तर व्यवहरिकतामा अन्याय
खनिएको खाडलमा पुरिएका न्याय
सपनामा न्याय, विपनामा बियुझिदा भइ रहेछ अन्याय

लेखिएका न्याय, भोगाइमा बगिरहेछ अन्याय
साकार पार्ने कल्ले
सपना देख्ने अहिले
लेख त्यो तिम्रो आक्रोश पोख ती तिम्रो भावना
बदल तिमीले हेर्ने दृषटिकोण
अनि मात्र बदल तिम्रो त्यो समाज

परिवारसँगको बिछोड
स्मरण गर त त्यो तिम्रो रहर हो कि बाध्यता?
तिमी कल्पन्छौ नयाँ नेपाल,
चाहान्छौ परिवर्तित राष्ट्र
फेरि हातमै बोक्छौ
उहि अन्यायका नारा

किन थाल्दैनौं
आफूबाट नै परिवर्तन
तिमी बलत्कारीलाई फाँसीको सजाएको माग गरी
किन ताक्छौ आफ्नै चेलीबेटी माथि
त्यो गिद्धे नजर

तिमी पनि त एक दोषी हौ नि ?
परआत्मि
तिमी अन्याय विरुद्ध आवाज उठाउदैनौं,
तिमी आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउँछौ,
तिमी सरकारको नीतिमा प्रश्न गर्दैनौं
के तिमी आत्मीय विद्रोही त हैनउ ?

नझेल त्यो अत्याचार बन्द गर ति बन्देजका ढोका
फेरी उठ खम्बा बनेर,
सामना गर ति प्रश्न
जुन प्रश्नमा तिमिलाई आक्षेप
लगाईदैछ , रोक ति कुरीति
जुन परम्पराको रूपमा शोषित गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
1
3
4
0
0

प्रतिक्रिया

लेखकको बारेमा

Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।
Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।

सम्बन्धित खबर