मंगलवार, श्रावण १२, २०८३

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरी कार्यालयविरुद्ध कारण देखाउ आदेश

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरी कार्यालयविरुद्ध दुई कानुन विद्यार्थीले उच्च अदालत पाटनमा उत्प्रेषण परमादेश माग गर्दै असार १७ गते रिट निवेदन दायर गरिएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकायमा अध्ययनरत ओम कुमार यादव र निकेश नेपालले दायर गरेको उक्त निवेदनमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल नजिक सडक किनारमा पार्क गरिएको मोटरसाइकललाई कुनै पूर्वसूचना वा कारण नदेखाई नगर प्रहरीले उठाएर जरिवाना गरेको उक्त रिटमा उल्लेख छ। निवेदनमा भनिएको छ, “न त नो पार्किङ बोर्ड थियो, न त कसैलाई अवरोध हुने गरी सवारीसाधन राखिएको थियो। तर बिना कुनै लिखित सूचना र सुनुवाइको अवसर दिई प्रत्यक्ष प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन गर्दै सवारीसाधन उठाइएको र जरिवाना गरिएको छ।”

513438220 743398258196171 2087169361880211189 n
रिट निवेदक कानून विद्यार्थी ओम कुमार यादव र निकेश नेपाल                          

रिट निवेदनमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा महानगर प्रहरी ऐन, २०८० मा यस्तो कार्यको स्पष्ट अधिकार नदिएको उल्लेख गर्दै नगर प्रहरीको कदम गैरकानुनी, मनपरी र स्वेच्छाचारी भएको दाबी गरिएको छ। यस रिटमार्फत जरिवाना बदर गरी फिर्ता गर्न, भविष्यमा कानुनबिना यसरी सवारी नियन्त्रणमा नलिनू भन्ने आदेशको माग गरिएको थियो। निवेदकहरुले यस्तो कार्य संविधानको धारा १६, १७, ४६ र १४४ को उल्लङ्घन भएको भन्दै अदालतबाट न्यायिक उपचारको अपेक्षा गरेका थिए ।

उक्त रिट मुद्दा उच्च अदालत पाटनले असर १९ गते सुनवाई गर्दौ काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरी कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

512205406 1353182705750011 4990318718143803242 n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
1

प्रतिक्रिया

लेखकको बारेमा

Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।
Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।

सम्बन्धित खबर