बागलुङको मुनुनडाँडमा जेठ २० मनाउने चलन छ त्यसै क्रममा मिति २०८२ साल जेठ २० गते, दिउँसो करिब ३:०० बजे, निसिखोला गाउँपालिका मुनुनडाँडामा “मुनुन डाँडा कृषि तथा पशुपंक्षी महिना आमा समुह” द्वारा आयोजित सामुहिक भोजमा सोही गाउँपालिका वडा नं. ७ कै आमा समुहको अध्यक्ष टेकु कुँवरको श्रीमती देवि कुँवर साथै रुमा राणा, कुमारी पुन, तिलसरा पुन, नरकुमारी पुन, दुर्गा पुन, टेकु कुँवर, निमसारी घर्ती र हुमि राणा लगायत जम्मा ९ जनाले त्यहाँ उपस्थित दलित समुदायका व्यक्तिहरुलाई “तिमीहरु कामी दमाई, अलग्गै बस्नुपर्छ, हामीसंग बसेर खान मिल्दैन” भन्ने शब्दहरु प्रयोग गरी जातिय भेदभाव गरेको हो ।
पिडित श्रीमती मन्जरी मगर बि.क., दुर्पती कामी, तुल्सी कामी र झरना बि.कले उनीहरुले बोलेको जातीय विभेदको व्यवहारप्रति आपत्ति जनाउँदा अझै अपमानजनक गालीगलौज गर्दै सामुहिक भोजबाट सामाजिकरुपमा बहिष्कार गरिएको र खान छोएकै कारण आमासमुहले त्यो खान फालेको थियो ।
नेपालको संविधान तथा “जातीय छुवाछुत तथा भेदभाव (कसुर तथा सजाय) ऐन, २०६८” को स्पष्ट उल्लङ्घन भएको भन्दै पिडित पक्षहरुले दोषीहरु माथि आवश्यक अनुसन्धान गरी कानूनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, बुर्तिबाङ, बागलुङमा मिति २०८२/०२/२१ गते, बुधवार संयुक्त निवेदन दिएका छन ।






